×

मलामी गएका १३ जना बेपत्ता

images

कालिकोट- कालिकोटमा तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १३ जनाको पहिरोमा परी मृत्यु भएको छ । आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । तिनैहरुमध्ये १३ जना पहिरोमा परी मृत्यु भएको हो। 

दुर्घटनास्थलमै रहेका तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्र बहादुर शाहीका अनुसार पहिरोमा परेर १३ जना वेपत्ता भएको पुष्टी भएको छ । शाहीका अनुसार उनीहरु कोही पनि जिवित भेट्ने सम्भावना नरहेको शाहीले बताए ।  कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माका अनुसार पहिरोसँगै कर्णाली नदीमा बेपत्ता हुनेमा तिलागुफा नगरपालिका-४ राँचुलीका ४७ वर्षका कालीबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३६ वर्षका क्षेत्रजंग शाही, २८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही, ५५ वर्षका धनबहादुर शाही, ७६ वर्षीय अली शाही, २३ वर्षका खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षका परबहादुर शाही, २४ वर्षका नरेश शाही र २२ वर्षका प्रशान्त शाही रहेका छन्। कालिकोटमा केहीदिनदेखि पानी परेको र सँगै ठाउँठाउँमा पहिरो खसेकाले सोही पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ । उनहिरुको खोजी गर्न प्रहरी परिचालन गरिएको छ।

सोमबार २४ असोज २०७९ १२:४९ PM मा प्रकाशित

प्रतिक्रिया