×

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाण्डाैमा

images

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली काठमाण्डौ आइपुगेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सीपीसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिनसम्म नेपालमा रहने छ ।

विदेश विभाग प्रमुख लिउ जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, अन्य दलका अध्यक्ष लगायत नेतासँग भेटवार्ता गर्नु हुनेछ ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता पारित गरेपछि चीनबाट भएको यो दोस्रो उच्च तहको भ्रमण हो । यसअघि गएको चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गर्नुभएको थियो ।

नेपालले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने निर्णय गरेपछि चिनियाँ पक्षको यो पहिलो भ्रमण हो । चीनले नेपालका कम्युनिस्ट पार्टीलाई मिलेर अघि बढ्न आग्रह गर्दै आएको छ ।

आइतबार​ २६ असार २०७९ ११:५२ AM मा प्रकाशित

प्रतिक्रिया