×

मेयर बालेन साह, मेयर हर्क साम्पाङको केमिस्ट्री मिल्दै

images

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विचलित नहुन बलियो आड भरोसा दिएका छन् ।

आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर साहले अदालतले आफूलाई अपराधी बनाएको भन्दै आइतबार साँझ ट्विट गरेपछि साम्पाङले ‘नडराउनु’ भन्दै आड भरोसा दिएका हुन् ।

मेयर साहले आइतबार अदालतको तारिख पर्चासहितको फोटो पोष्ट गर्दै लेका थिए, आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै, प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी ।’

त्यसको जवाफमा धरानका मेयर साम्पाङले ट्विटरमा जवाफ दिँदै लेखे, ‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौँ ।’ राजनीतिमा यी दुई मेयरको केमेस्ट्री मिल्दै गएको टिपपणी गरिएको छ ।

सोमबार २५ असार २०८० १०:२२ AM मा प्रकाशित

प्रतिक्रिया