×

राष्ट्रपति भण्डारीद्वारा जापानका पूर्वप्रधानमन्त्री आबेको हत्याप्रति खेद प्रकट

images

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएकामा खेद प्रकट गरेकी छन्। राष्ट्रपति भण्डारीले शनिबार (आज) ट्वीट गरी स्व. आबेप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेकी हुन्।  

यस दुःखद् घडीमा उनले मैत्रीपूर्ण जापानी जनता र स्व आबेको परिवारजनमा समवेदनसमेत प्रकट गरेकी छन्। आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला गोली हानी हत्या भएको थियो। 

नेपाल सरकारले पनि आबेको निधनमा शनिबार देशभर शोक मनाउने निर्णय गरेको थियो।

आइतबार​ २६ असार २०७९ १२:४८ PM मा प्रकाशित

प्रतिक्रिया