×

जाजरकोटमा जीप दुर्घटना : तीन जनाको ज्यान गयो, घाइतेको हेलिकप्टरबाट उद्धार हुँदै

images

जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

चार जना गम्भीर घाइते भएका छन् भने चार जनाको अवस्था सामान्य रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उज्यालोलाई जानकारी दिनुभयो ।  

सुर्खेतबाट जाजरकोटका लागि छुटेको  क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उद्धारका लागि हेलिकप्टर पठाइएको पनि उहाँले बताउनुभयो ।

गृहमन्त्री बालकृष्ण खाणले हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्न निर्देशन दिनु भएको थियो । 

शुक्रबार​ २७ जेठ २०७९ १२:४२ PM मा प्रकाशित

प्रतिक्रिया