आज ४ सयले बढ्यो सुनको मूल्य

    images


    काठमाडौं । आज साताको चौथो कारोबार दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा बढेको छ । 

    बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।

    महासंघका अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ११ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ तोकिएको छ ।

    मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ११ हजार २ सय र  तेजावी सुनको मूल्य १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य भने २१ वैशाखयता स्थिर छ । चाँदी प्रतितोला १ हजार ४४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    बुधबार २७ बैशाख २०८० ०१:२३ PM मा प्रकाशित

    प्रतिक्रिया