×

पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति

images

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकुष्ण खाँणलाई जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

खाँणलाई बुधबार जिल्ला अदालत काठमाडौंले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको हो।

खाँणलाई प्रहरीले आज बिहान उनकै निवासबाट पक्राउ गरेको थियो।

बुधबार २७ बैशाख २०८० ०८:५३ PM मा प्रकाशित

प्रतिक्रिया