फरार सूचीमा रहेका टोपबहादुर रायमाझीले संसद सचिवालयमाविरामी विदाको निवेदन

    images

    २७ वैशाख, काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीले संसद सचिवालयमा आफू विरामी भएको निवेदन पठाएका छन् ।

    संसद सचिवालयका अनुसार, विरामी विदा स्वीकृति गरिदिन भनेर रायमाझीले निवेदन पठाएका छन् ।
    नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले रायमाझीलाई गत बुधबार पक्राउ पूर्जी जारी गरेको छ । तर रायमाझी एक सातादेखि फरार छन् ।

    एमाले सचिव रायमाझीलाई एमालेले आजै पदबाट निलम्बन गरेको छ 

    बुधबार २७ बैशाख २०८० ०३:०७ PM मा प्रकाशित

    प्रतिक्रिया