×

आरजु राणाले दिईन् अडियोबारे छानविनका लागि प्रहरीमा निवेदन

images


काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियोबारे छानबिनका लागि प्रहरीमा निवेदन दिएकी छन् ।

आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेरआएको  अडियो सार्वजनिक भएको भन्दै  छानविन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीमा निवेदन दिएकी छिन् ।

 व्यूरो दिएको उजुरीमा उनले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन पनि माग गरेकी छिन् ।

बुधबार २७ बैशाख २०८० ०५:१६ PM मा प्रकाशित

प्रतिक्रिया