काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २९ पैसा र बिक्री दर १६३ रुपैयाँ ०३ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ४७ पैसा र बिक्री दर १४३ रुपैयाँ १३ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको छ ।
प्रतिक्रिया