×

मिटरब्याज पीडित र सरकारबीचको वार्ता सकियो, वार्ता सकरात्मक  

images

 

काठमाडौं । मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता निष्र्कषविहीन भएको छ ।

सोमबार भएको वार्तामा दुवैपक्षले मागबारे आ आफ्ना धारणा राखेपनि कुनैपनि सहमति नभएकोे मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिए ।

उनले भने  ‘संर्घष समितिले सेट गरेको ६ बँुदे सहमतिको विषयमा हामीले छलफल गर्यौ । उहाँहरुले बुदाँगत ढंगले गृहमन्त्रालयले ती मागहरुको विषयमा केही विषय राख्नुभयो उहाँहरुको । हामीले पनि दोहोरो त्यसको विषयमा दोहोरो वार्ता संवाद गर्यौ । आज कुनैपनि निर्णयमा पुगेका छैनौं । वार्ता सकरात्मक भएको छ ।’
सरकार आन्दोलनका समयमा गम्भिर भएको जस्तो देखिए पनि समस्या समाधान नभएको भन्दै उनले अब वार्ता र आन्दोलन सँगसँगै लैजाने बताए । 

यी सम्झौताले मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै २० चैतदेखि मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा छ । काठमाडौंमा आन्दोलित पीडितसंग सरकारले हिजो आइतबार शान्तिवाटिकामा गरेको छलफलका क्रममा पीडितले सरकारसमक्ष ६ बुँदे माग राखेका थिए ।
 

सोमबार २७ चैत २०७९ ०६:३२ PM मा प्रकाशित

प्रतिक्रिया