×

बढ्दै हरियाली 

images


काठमाडौं । बसन्त ऋतूको आगमनसँगै काठमाडौं उपत्यकामा हरियाली बढेको छ  । रोडको साईट र खोलाको छेउमा रोपिएका फूलहरुले पनि बसन्त ऋतुको यो मौसममा काठमाडौंलाई हरियालीपूर्ण बनाएको छ । 
काठमाडौंका शंखमूल, मिनभवन, रत्पार्क, माईतिघर, वानेश्वर जस्ता ठाँउहरुमा रहेका विभिन्न प्रकारका फूल र रुखहरुले काठमाडौंको स्वभा अझै बढाएको छ । 
पार्कहरुमा लगाईएका फूलका वास्ना र वर्षापश्चातको स्वच्छ हावाले यसमा अझै सुन्दरता थप्ने काम गरेको छ । 
काठमाडौं उपत्यका देशको राजधानी भएको हिसाबले यहाँ रोजगारी र शिक्षाको लागि धेरै मानिसहरु आउने गर्दछन् जसको चापका कारण काठमाडौंको वातावरण दूषित भएको थियो तर वसन्त ऋतुको आगमनले धूलो धुवाले भरिएको काठमाडौं सहरले स्वच्छ हावा लिने मौका पाएको छ । 
उपत्यकामा वर्षापश्चातको मौसम एकदम स्वच्छ र सफा भएको छ, खुला आकाश, सफा हावा, हरियाली र मनमोहक फूल र त्यसका वास्नाहरुले काठमाडौंलाई एउटा नयाँ पहिचान दिएको छ । 
हामीले देखि रहने सहरभन्दा केही फरक भएको छ काठमाडौं, यहाँका वासिन्दाहरुले पनि धूवा धूलो मात्र होईन स्वच्छ हावामा रमाउने मौका पाएको छ । यो मौसम मानिसको लागि पनि एकदमै खुसिको मौसम हो । 
निलो आकाश, हरियो वनजङ्गल र त्यसमा रमाई रहेका पन्क्षीहरुलाई देख्दा मनमा एकप्रकारको शान्ति छाउने गर्दछ जुन अहिलेको समयमा मानिसको लागि एकदमै आवश्यक छ । काममा व्यस्त भएको मानिस र सहर दुवैको लागि आनन्दको वातावरण भनेको नै यही मौसम हो । 
वसन्त ऋतुको आगमनले मनमा एक प्रकारको शान्ति छाएका र वातावरण पनि स्वच्छ हुदैँ गएको सर्वसाधारण अरुन यादवको धारणा छ । 
यसैगरि काठमाडौं क्षेत्रभित्र भइरहेको वृक्ष रोपण कार्यले काठमाडौंको सुन्दरमालाई बढाउनुको साथै स्वच्छ हावा दिएको जस्तो लागेको पनि उनको भनाई छ । 
पार्कमा रिल्यास गर्न र शान्त वातावरण खोज्न आएको हो । काठमाडौंमा बढ्दै गएको वृक्ष रोपणले वातावरण कम प्रदुसण भएको जस्तो लाग्छ । यसले एकदम हर्ष उल्लास महसुस भईरहेको छ । 
यस्तो खालको वातावरणले शारिकि र मानसिक शान्ति दिने गर्दछ । यस्तै अर्का सर्वसाधारण दिप्स साहले भने वर्षापछि वातावरणमा केही सहजता आएको महसुस भएको बताईन् । 
उनको हिसाबमा काठमाडौंका अबको पुस्ताले हरियाली नै देख्न नपाउने होकी भन्ने डर थियो तर हरियाली र स्वच्छ हावाको आवश्यकतालाई बुझेर वृक्षा रोपणमा चासो दिएकोमा खुसि लागेको बताएकी छिन् । 
वास्तवमा भन्नु पर्दा काठमाडौं कङ्क्रिडको जङ्गलमा परिनत हुदैँ गएको अवस्था नै थियो, खालि जग्गा र बोटविरुवा हेर्न उपत्यका बाहिर जानु पर्ने अवस्था थियो तर अहिले भने काठमाडौं हारयाली युक्त भएको छ ।  
काठमाडौंमा हरियाली एकदम विनास हुदै गएको र सबै सिमेन्ड मात्र भईरहेको अवस्थामा साचैँ भन्नु पर्दा बालबालिकाले बोटविरुवानै देख्न नपायलान् भन्ने अवस्था छ । हामीलाई वातावरण र स्वच्छताको हिसाबले हारयाली चाहिन्छ । वसन्त ऋतु र हारयाली युक्त काठमाडौ मन नपराउने त सायदै कोही होलान् । राम्रो लाग्छ खुशी लाग्छ ।  वसन्तको आगमनले ल्याएको हरियालीले मनमा भएका चिन्ताहरु हराउने र एकप्रकारको शान्ति छाउने हुनाले पनि पार्कतिर घुम्न आउने गरेको दिपिका पौडेल बताउँछिन् । शान्त वातावरण र हरियाली भएको छ, पानी परेपछि वातावरण स्वच्छ भएको छ, राम्रै भएको छ वातावरण परिवर्तन भएर । राम्रो लाग्छ खुशी लाग्छ । बस्ने योग्य बनोस् भन्ने इच्छा छ । वसन्त ऋतुको आगमनमा फुलहरु फुलिरहेको छ । रुखहरु पनि हारियाली भएको छ त्यसैले राम्रो लागि रहेको छ । 
काठमाडौंमा मात्र होईन देशका विभिन्न स्थानमा पनि पानी परेसँगै वातावरण सफा हुदैँ गएको छ । यो वसन्त ऋतुको आगमनको हो, वसन्त ऋतु भनेको बोटविरुवामा नयाँ पालुवा पलाउनुको साथै फूल फूल्ने र फल लाग्ने समय हो । यो समयमा प्रकृतिले आफ्नो सबैभन्दा सुन्दर रुप देखाउछ । 
नयाँ पालुवा पलाउनुको साथै मन नै लोभ्याउने गरी जताततै हरियाली हुन्छ । फूलहरु फुल्छन्, हिउँ पग्लन थाल्छ । 
वसन्त ऋतुको दृश्य पूरै वर्षको सबैभन्दा मनमोहक दृश्य हो, पहिले हाम्रा घरहरुको आँगनमा फूलको बास्ना र बगैंचाहरुमा कोइलीको मनमोहक आवाजलाई वसन्त आरम्भको संकेत मानिन्थ्यो तर अहिले काठमाडौंमा सहरीकरणको सुरुवात हुनुको साथै प्राकृतिकमा प्रभाव परेको देखिन्छ । 
परिवर्तन भएको छ तर त्यो परिवर्तन पहिलाको जस्तो मनमोहक छैन्, साथै प्रकृति दोहोनको कारणले चराचुरुङ्हिरुको अभाव हुदैँ गएको छ ।
सहरीकरण हुनुभन्दा पहिलाको वसन्त ऋतु आउनको लागि पहिलाको जस्तै हरियाली वनजङ्गलको संरक्षण गर्नु आवश्यक हुन्छ । जब हाम्रा नदीहरु निर्मल भएर अविरल बग्बग्छ तब वसन्त ऋतु आएको महसुस हुन्छ 
 

सोमबार २७ चैत २०७९ ०२:३० PM मा प्रकाशित

प्रतिक्रिया