×

भ्रष्टाचारीलाई जेल हाल्न रवि लामिछानेले अख्तियारमा उजुरी हाल्ने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीलाई जेल हाल्न रवि लामिछाने अख्तियारमा उजुरी हाल्ने बताएका छन् ।

चितवनमा सोमबार आयोजित चुनावीसभामा सभापति लामिछानेले अरु दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने आफ्नो चलन नभएको बताउँँदै भ्रष्टाचारमा लागेको व्यक्तिलाई जनताको बीचमा कठालो समातेर ल्याउने उल्लेख गरे । उनले चुनावकै मुख पारेर आफ्ना सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरण बाहिर आउनुमा गहिरो अर्थ भएको पनि बताए ।

‘उनले भने, “मेरै नजिकका मेरै वरपर बसेका मान्छेहरूलाई आरोप लागेको छ । आज म आफैँ अख्तियारमा निवेदन दिनेछु । मेरै वरपर भएका ती मान्छे को हुन् । छानबिन गर्नु, कारबाही गर्ने जिम्मा हामी पनि लिन्छौँ ।

‘सबैभन्दा ठूलो कारबाही गर्नू, निर्मम भएर कारबाही गर्नू भनेर हामीले भनेका छौँ । म थाकेको छैन । हैरान अवश्य भएको छु । तर, पनि हरेक प्रहारलाई सहन सक्ने क्षमता राख्नुपर्छ ।’

सोमबार २७ चैत २०७९ ०८:०१ PM मा प्रकाशित

प्रतिक्रिया