काठमाडौं । आज सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दर्ता भएको रिटको पेशी हुँदैछ ।
हिजो बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएकोे रिटको पेसी आज तोकिएको हो ।
प्रचण्डलाई पक्राउ गरी मुद्दा चलाउन आदेशको माग गर्दै दर्ता भएको रिटको पेशी आज तोकिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले माघी पर्वका अवसरमा काठमाडौको टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्धन्द्धकालमा १७ हजार मारेको आरोप
आफूलाई लाग्ने गरेको भन्दै सामन्तीहरूले १२ हजार मारेको जिम्मा लिने भए पाँच हजारको जिम्मा आफू लिन तयार रहेको बताएका थिए ।
सोही अभिव्यक्तिलाई लिएर अधिवक्ताद्वय ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीलगायत द्वन्द्वपीडितले सर्वोच्चमा दुईवटा रिट दायर गरेका छन्
प्रतिक्रिया