काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्मका लागि सबै श्री एयरलाइन्सका जहाजलाई उडानमा रोक लगाएको छ ।
क्यानले आजैदेखि लागू हुने गरी श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न नपाउने गरी रोक लगाएको हो ।
विगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि उड्न योग्य भए÷नभएको परीक्षण गरेपछि मात्रै जहाज उडान गर्न दिने छ ।
प्रतिक्रिया