×

सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढछु- प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने संकल्प गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा विश्वासको मत पाएपछि सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री प्रचण्डले इमानदार रहँदै सहमतिका साथ अगाडि बढ्ने उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, 'तपाईँहरूको यो विश्वासप्रति इमानदार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने संकल्प गर्दछु ।'

उनले प्रतिनिधि सभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गरेकोमा सबै सांसद र संसद्प्रति आभार पनि व्यक्त गरे। साथै प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै प्रतिवद्धता नभुल्ने  बताएका छन् ।

२७५ सदस्य रहेको प्रतिनिधिसभाको बैठकमा २७० जना सांसद उपस्थित भएकोमा प्रचण्डले २६८ मत पाएका छन् । उनको विपक्षमा २ मत परेको छ ।

२७५ सदस्यीय संसद्मा कांग्रेसका एकजना सांसद निलम्बनमा परेका छन् भने मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत अनुपस्थित भएका थिए । भने जेष्ठ सदस्य पशुपतिशमशेर जबरा सभामुखको भूमिकामा थिए ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।

मङ्गलबार २६ पुस २०७९ ०९:३९ PM मा प्रकाशित

प्रतिक्रिया