×

पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिए

images

काठमाडौं । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । अधिकारी काठमाडौंको सुन्धाराको एक होटेलमा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू पुगेर अनुसन्धान शुरु गरेका छन् । 

अधिकारी गत कात्तिक २१ गतेदेखि सम्पर्कविहीन भएपछि उनकी श्रीमतीले खोजीका लागि महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन् । उजुरीपछि तत्काल खोजी कार्य अघि  बढाइएकोमा होटलमा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर, टेकुले जनाएको छ ।

अधिकारीले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । तर पुष्टि भइसकेको छैन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । अधिकारीको चक्र व्युहमा चन्द्र सूर्य, जासुसीको जालो पुस्तक पनि प्रकाशित छन् ।

बुधबार २३ कात्तिक २०७९ ०८:५५ PM मा प्रकाशित

प्रतिक्रिया