×

लेवनडोस्की र पिकेलाई रातो कार्ड

images

म्याड्रिड । स्पेनी ला लिगामा बार्सिलोनाले शीर्ष स्थानमा आफ्नो अग्रतालाई मंगलबार पाँच अंक पुर्‍याएको छ । यसका लागि उसले ओसासुनामाथि एक गोलले पछाडि रहेको स्थिति उल्टाएर २–१ को जित हात पारेको छ ।

तर यो जित बार्सिलोनाका लागि महँगो सावित भयो । खेलको अन्त्यमा बार्सिलोना नौ खेलाडीमा सीमित रहेको थियो । उसका रोबर्ट लेवनडोस्की र जेरार्ड पिकेले रातो कार्ड खाए । पिके सन्यास लिन अगाडि बार्सिलोनाका लागि अन्तिम पटक खेलिरहेका थिए ।

खेलमा भने डेविड गार्सियाले ओसासुनालाई अग्रता दिलाएयता पेड्री र राफिन्हाले बार्सिलोनाका लागि गोल गरे । बार्सिलोनाको १४ खेलबाट ३७ अंक भएको छ । दोस्रो स्थानमा रियल म्याड्रिडको ३२ अंक छ ।

अन्य खेलमा एथलेटिको बिलबाओले रियल भालाडोलिडलाई ३–० ले हराएर तेस्रो स्थानमा उक्लिन सफल रह्यो । बिलबाओको २४ अंक भएको छ । यस्तै अर्को खेलमा जिरोनाले एल्चीलाई २–१ ले हरायो । 

बुधबार २३ कात्तिक २०७९ ०९:४० AM मा प्रकाशित

प्रतिक्रिया