×

टेस्लाको शेयरमूल्य ५२ सातायताकै न्यून विन्दुमा

images

एजेन्सी - विश्वका सर्वाधिक धनाढ्य एलन मस्कले आफ्नो कम्पनी टेस्लालाई लिएर ठुलो निर्णय गरेका छन् । उनले टेस्लाको १९.५ मिलियन शेयर बिक्री गरेका छन् । यी शेयरको मूल्य ३.९५ बिलियन डलर छ ।

टेस्लालाई लिएर गरिएको यस निर्णयपछि एलन मस्कको नेटवर्थमा भारी गिरावट आएको छ । उनको कुल सम्पत्ति २०० बिलियन डलरभन्दा तल झरेको छ । अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार टेस्लाका लगानीकर्ताहरुले एलन मस्क ट्वीटरमा धेरै व्यस्त हुँदा यसको असर टेस्लाको शेयरमा देखिएको बताएका छन् ।

रिपोर्टका अनुसार टेस्लाको शेयर ५२ सातायताकै न्यून विन्दुमा झरेको छ । यद्धपी मस्क अझैपनि विश्वकै धनी व्यक्ति हुन् । यो महिनाको सुरुवातमा मस्कको कुल सम्पत्ति २२३.८ अर्ब डलर थियो । गत दुई दिनमा मस्कको सम्पत्ति करिब १० अर्ब डलरले घटिसकेको छ । यसबाहेक टेस्लाले अमेरिकामा आफ्नो कारमा पावर स्टियरिङका साथै सम्भावित समस्याका कारण ४० हजार कार फिर्ता बोलाइरहेको छ ।​ एलम स्कले यस वर्षको अप्रिलमा ८.५ अर्ब डलर र अगस्टमा करिब ७ अर्ब डलरको टेस्लाको सेयर बेचेका थिए ।

यस्तै ट्विटर अधिग्रहणपछि एलन मस्कले करिब ५० प्रतिशत कर्मचारीलाई जागिरबाट निकालिसकेका छन् । आफूसँग कुनै विकल्प बाँकी नरहेको भन्दै उनले यसमा स्पष्टिकरण पनि दिएका थिए । उनका अनुसार ट्विटरले हरेक दिन ४० लाख डलरको क्षती व्यवहोरिरहेको छ । एलन मस्कले ट्विटरमा ब्लू टिक पाउनका लागि ८ डलर तिर्नुपर्ने घोषणा पनि गरिसकेका छन् ।

बुधबार २३ कात्तिक २०७९ ०५:५९ PM मा प्रकाशित

प्रतिक्रिया