×

देशभर उम्मेदवार मनोनयनपत्र दर्ता सुरु

images

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न सुरु गर्नुभएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो ।  उम्मेदवारी दर्ता अहिले बिहान १० बजे सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । मनोनयनपत्र दर्ता उम्मेदवार स्वयम् उपस्थित  भई वा प्रतिनिधिमार्फत गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ । मनोनयन दर्ताका लागि जाँदा  २५ जना भन्दा बढी सहभागी हुन  पाइँदैन भने बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आयोगले जनाएको छ ।  आयोगले प्रतिनिधिसभातर्फका १६५ र प्रदेशतर्फका ३३० निर्वाचन क्षेत्रमा निर्वाचनका लागि एकसाथ मनोनयन दर्ता गरिरहेको हो।

आइतबार​ २३ असोज २०७९ ११:५८ AM मा प्रकाशित

प्रतिक्रिया