"लस एन्जलस आध्यात्मिक महोत्सव र शिव महापुराण २०२३" २.१ मिलियन डलर सकलन

    images

     

    लस एन्जलस , श्री पशुपतिनाथ फाउन्डेसन, अमेरिकाले सात दिन सम्म   "लस एन्जलस आध्यात्मिक महोत्सव र शिव महापुराण २०२३" को आयोजना गरि करिब २.१

    मिलियन डलर संकलन गरेको छ।  यस भेगमा रहेका सबै नेपाली संघसंस्थासँगको सहकार्यमा फाउन्डेसनको  अगुवाइमा  लस एन्जलसमा स्थापित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा  जुलाई  ९-१५ सम्म बाचन प्रविण पण्डित दीन बन्धु पोखरेलको प्रमुख बाचकत्वमा सम्पन्न भएको यस अनुष्ठानमा  हजारौ  भक्तजनको सहभागिता रहेको थियो।

      भुक्तान तथा कबोल गरि लगभग $ 2.1 मिलियन उठाइएको यो सम्पूर्ण रकम  दक्षिणी कैलिफोर्नियामा  नेपाली सामुदायिक केन्द्र निर्माणमा खर्च गरिनेछ जहाँ सबै  नेपालीहरू एकै  ठाउँमा आफ्नो संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धनका साथै बिबिध सामाजिक गतिबिधि गर्न सक्ने छन्।  

    फाउन्डेसनले यस  कार्यक्रमलाई भव्य सफल बनाउन सहयोग गर्नु हुने  दाताहरु , एक हप्ता भन्दा बढि अथक परिश्रम गर्ने स्वयंसेवकहरु, समुदाय सदस्यहरू, स्थानीय सामुदायिक संघसंस्थाका प्रतिनिधिहरु , उद्यमीहरु ,पत्रकारहरु सबैलाइ धन्यबाद ज्ञापन गर्दै  दक्षिणी क्यालिफोर्नियामा बसोबास गर्नुहुने  नेपालीहरूको उदारता र ऐक्यबद्धताका लागि  हार्दिक कृतज्ञता समेत  व्यक्त गरेको छ।  

     

    बुधबार २४ साउन २०८० १०:५२ AM मा प्रकाशित

    प्रतिक्रिया