×

ललिता निवास जग्गा प्रकरण - सञ्चार मन्त्रालयका सचिव कृष्ण राउत पक्राउ

images

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।

राउतलाई केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवनविमानस्थलबाट पक्राउ गरेको हो।

तत्कालिन माधवकुमार नेपाल नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत रहेका राउतले सो जग्गा प्रकरणको फाइल मन्त्रिपरिषद्‍मा लग्न टिप्पणी उठाउँदा उनी सो प्रकरणमा मुछिएका हुन्।

२०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए ।

भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातले सो टिप्पणी सदर गरी मन्त्री विजय गच्छदार कहाँ पेश गरेका हुन् । सो प्रस्ताव राज्यमन्त्री सञ्जय शाह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका थिए ।

यो सँगै पक्राउ पर्नेको संख्या १२ पुगेको छ।

आइतबार​ २४ असार २०८० ०८:२० PM मा प्रकाशित

प्रतिक्रिया