×

चौँरीदेउरालीका कृषकलाई ट्र्याक्टर र थ्रेसर वितरण

images

काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौँरीदेउराली गाउँपालिकाका किसानलाई गाउँपालिकाले हाते ट्र्याक्टर र थ्रेसर वितरण गरेको छ । कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले यहाँका कृषक समूह र कृषि फार्ममार्फत किसानलाई गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं र उपाध्यक्ष शेरबहादुर तामाङले संयुक्तरुपमा सो उपकरण वितरण गर्नुभएको हो ।

आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक कार्यक्रमअन्तर्गत किसानलाई ४५ वटा हाते ट्र्याक्टर र दुई वटा थ्रेसर वितरण गरिएको गाउँपालिका अध्यक्ष चौलागाईंले बताउनुभयो । उहाँले कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रीकिकरण गर्दै हरेक कृषि कार्यमा व्यावसायीकरण आवश्यक रहेकाले गाउँपालिकाले कृषि औजार वितरण गरेको बताउनुभयो । उपाध्यक्ष तामाङले किसानलाई व्यावसायिक बनाउन सहयोग गरेको बताउनुभयो ।

शनिबार २५ असार २०७९ ०१:०३ PM मा प्रकाशित

प्रतिक्रिया