×

समुन्द्र मन्थन,  नारी शक्ति र पणी नेवा:हरु

images

समुन्द्र मन्थनको बेलाहो, नुन (अमृत)लाई लिएर मानव -मानव बिच  झगडा शुरु भयो I दुवै थरि दाजु भाई नै थिए  तर एकले अर्का माथि श्रेष्टता  जताउन खोजे  - को भन्दा को ठुलो भनेर, त्यसबेलाका मानिसमा प्रकृतिमा देखिन गएको अद्भुतता ले गहिरो प्रभाव  पर्दै गैरहेको थियो - हावा, पानि, आगो, आकास,  माटो  यी नै मानिसलाई छाप पर्ने पाँच तत्व थिए I अर्को प्रभाव पर्ने चमत्कार मानिसको जन्म थियो I मानिसनै  सबै भन्दा  शक्तिसाली  प्राणी  भएर पनि मानिसको जन्म त् नारीको गर्वबाट  हुने गर्दछ भन्ने सत्यता छर्लंग हुदै आएको थियो I

त्यसैले  मानिसले अर्को सबै भन्दा शक्तिसाली नारीलाई ठाने र नारी राजको समर्थन गर्दै गए I  नारीले बच्चा जन्माउने भएकोले नारी पुजनीय पनि हुन् गयो, यस कारणले नारीलाई सम्मान गर्ने चलन चल्यो I  तर त्यतिले नपुगेर नारीलाई केहि चडाउनु पर्दछ  भन्ने  विचार पनि सिर्जना भयो I पुरुष र नारीको संगम बाटै बच्चा जन्मने भएकोले विर्य प्रदान गर्ने पुरुषलाई नै बलि दिनु पर्दछ  भनि मनु बलिको प्रथा चल्न थाल्यो I

 जसरि एउटा बिउं बाट  अंकुरण भई एक पूर्ण बिरुवा देखा पर्दछ  तर बिउ भने सुकेर जान्छ त्यहि अनुसरण गत विर्य प्रदान गर्ने पुरुषलाई  नारि माथि बलि दिने अमानविय  प्रथा देखिन गयो I नारीलाई मात्रिकाको  रुपमा मानि उसैलाई विर्य  प्रत्यारोपणगर्ने  पुरुषको बलि दिई  स्थनबाट  योनि सम्म रगतले स्नान गरी  आभार प्रकट गर्न थालियो I  प्रणय पासा २०६३ भन्नु हुन्छ यो अमानविय प्रथाको बिरोध गर्ने पनि त्यस बेला त्यहाँ थिए  तर कमजोर  थिए I

महामात्रिका: त्यसबेला  मानिसहरु प्रकृतिलाई आस्थाको केन्द्र एक थरि मान्दथिए  भने अर्का थरि स्त्री जातिलाई आफ्नो उत्पतिको जननी मान्दथिए  I यो मान्ने परम्पराले उग्र रुप लिए पछि मानव बलि दिने प्रथा प्रचलनमा आउन थाल्यो I  मनुका एक पुत्री ईलाले  त्यसबेला महामात्रिका को रुप बरण गरेकी थिइन् I त्यसबेला जुन पुरुष बलबान हुन्थे उसैलाई महा पुरोहितमा मनोनित गरि उसैलाई  पतिका रुपमा स्वीकार गर्दथिए र त्यस पुरुषलाई कश्यप भनिन्थ्यो I

( महा - मात्रिका को प्रतिक स्वरुपका आकृति या मुर्तिहरु नेपाल सहरका केहि मन्दिर परिसरमा देख्न सकिन्छ I ति आक्रितिको  चर्चा हाल तेती छैन I तर अवशेष भने छ I  उदाहरण स्वरूप किर्तिपुर उचाइमा रहेको बाग भैरव मन्दिरको एक छेउमा यस्ता खाले अवरूप देखिन्छ I यस सम्बन्धमा अनुसन्धान भएको छ छैन पंतिकार मा जानकारी छैन I तर सभ्यताको जननी नेपाल खाल्डो पनि रहेछ भन्न सकिन्छ I )

पछि विवस्वान नाम राखियो I त्यसबेला सात महामात्रिका थिए I ति हुन् काकी, हलिमा, बैमित्रा , मालिनी , ब्रिहन्ता , पालाला  र आया I विवास्वन का छोरा वैवस्वात मनुकी छोरी इला महामात्रिका भएकी थिइन् I इलाले बुधलाइ बरण गरेकी थिइन् Iविवास्वानका  छोरालाई  वैवस्वान मनु भनियो I स्त्री राज्यको  त्यो बेला मानव बलिको अमानविय  प्रथाले ब्यापकता पाउदै जादा  वैवस्वान मनुले पहिलो पल्ट यसको बिरोध गरेका थिए र  आफ्नो विचारलाइ  मानव धर्म नाम करण गरे I वैवस्वान मनु नै प्रथम बुद्ध अथवा चिवा :ध्यो  भए I वैवस्वानबाट  पुष्पक जन्म भएका थिए I

मानव   बलि प्रथा अनुसार पुष्पकको जन्म पछि इलाको बलि चडाएकोमा वैवस्वान मनु ज्यादै दुखित भएका थिए I आफ्नो पत्नी श्रद्धा र दसजना छोरा सहित उनले इलाजन परित्याग गरि अहिंसा , सत्य, न्याय र कल्याण मार्गमा लागेर चारै तिर शान्तिको संदेश फैलाउन भ्रमणमा लागे र आफ्ना दुइ छोरा दिष्ट मनु र करुश्म मनुलाइ पच्छिम महासागरमा पठाएका थिए I ति दुइ युवक बरुण लोक अथार्थ  हालको इराक, सिरिया, टर्कि सम्म पुगे I

 वैवस्वनका एक छोरा दिष्ट मनु बरुण लोकमा मानव धर्म प्रचार गर्न सफल हुदै गए र अर्का छोरा करुष  अफ्रिका  अथार्थ  सेतो फिजको देशमा मानव धर्म प्रचार गर्न लागे I  तर  उनले त्यहाँ मानिसहरुलाई दास  बनाएको  देखेर अच्चममा परे I त्यहाँ उनले धेरै नया नया कुराहरु देखेका थिए I  करुष् मनुले बरुण  लोकका  केहि युवकहरुलाइ पनि लिएर आएका थिए I उनीहरुलाइ सुन खानीमा काम गर्न आदेश दिएका तर सो काम  नगर्दा बिना औजार गैंडा समाउने  काममा लगाई पठाए I

करुष मनु भने त्यहीकै रानी संग बसेका र रानीले धर्म गुरु बनाई राखेता पनि मानव धर्म प्रचार गर्न सकेनन I  गैंडाको सिकारमा लागेका दुई  बरुण मध्य  एक को जंगलमा मृत्यु  हुदा एकले बल्ल तल्ल आफ्नो ज्यान जोगाएर आउदा जंगलमा हात्तीका  दाँत खोजेर ल्याउनेहरुसंग भेट भै तिनीहरु संग  शाल्मिक दिप ( इथोपिया ) पुग्न सफल भए I  ति ब्यापारीहरु संग मिलेर शाल्मिकबाट  रातो सागर पार गरेर  बवुल मण्डप अथार्थ त्यस समयको यमन  पुगेको कुरा प्रणय पासा (२०६३) उल्लेख गर्नुहुन्छ I

त्यस समयमा अफ्रिकामा मानवलाई  दास दासी  बनाएर  सिक्रीमा बाधी राख्ने , अमानविय   व्यवहार गरि  यातना दिने , राम्रो काम नगरे कुटने पिटने , हात नै काटी दिने , पिरामिड बनाउन  ढुंगाको काम गर्न लगाउने कठिन काम गर्न लगाउने गर्दथे I यस्ता घटनाहरु वर्णन  गर्दा सुन्ने मानिसहरुको जिउ नै सिरिङ्ग भै फुलेर आउने हुन्थ्यो I  यस्ता घटनाको बर्णन ले पाप गरेमा या धर्म नमानेमा नर्क जाने र नर्क भनेको यस्तो हुन्छ भन्ने अबधारणा  आउन  लाग्यो I

बरुण लोक हालको इराक, सिरिया , टर्की सम्म फैलिएको थियो I  अफ्रिकाबाट फर्केर आएका बाबुल ब्यापारीसंग लागि रातो सागर पार गर्दै स्थलमार्गमा बाहनको रुपमा प्रयोग गरिएको ऊठ छाडी मध्ये सागर प्रवेश गर्दा  शाक्द्विप  तिर माल सामान विनिमय गर्ने ब्यापारी पणीहरुको  सानो जनपद तुकडीमा प्रवेश गर्दछ I  यो स्थान हालको इरानको दक्षिणी  भागमा परेको मानिन्छ I

पणी जनपद स्यानो रहेता पनि जम्बु द्विप , शक्, कुश, र शाल्भाली द्विपका  बिभिन्न  समुदाय संग व्यापार अदान प्रदान गर्दै थिए I करुष मनु ले पनि अफ्रिकामा पणीहरु देखेका  थिए I  पणीहरु  त्यस समयमा नै अति चतुर, कपटी, र भीरु हुन्छन भन्ने जन धारणा थियो I अफ्रिकाबाट  ल्याएका हात्तीका दाँत र अन्य समान व्यापार विनिमय गर्दथे I ति हात्तीका दाँत बिभिन्न प्रयोजनका लागि सुस र सप्त सिन्धुका द्रविण, असुर, दानव, देत्य र अलकापुरीका यक्षहरुले आ-आफ्नो जनपदमा लग्दथिए I 

पणीहरु व्यापारका कारण घुमन्ते थिए I  बरुण पनि उनीहरुसंग लागि सुमेरु पर्बत तिर लागेका थिए I पणीहरुले बरुणलाइ अप्पति भनि नामकरण गरेका थिए I  अप्पतिले बभेरु नगर पुग्दा बरुनले  अफ्रिकामा मानिसहरु संग झगडा गर्दा भागेका अर्का बरुणलाई  भेटेका थिए I  अप्पति धेरै ठाउँमा घुम्दा घुम्दा उनको बर्ण कालो हुन् थालेको थियो I तर ति बरुणको रंग भने जस्ताको त्यस्तै भै बदलिएको थिएन I अर्को बरण को नाम यादस थियो I उनीहरुले एक आपसमा धेरै कुराहरु आदान प्रदान गरे I

 देवजनहरु अमरावती; जुन चीन को उरुम्की भनिन्थ्यो , देखि भारत  लगायत पुर्बी देशमा पसी बाँसुरी बजाउदै गाई  बस्तु चराउने छाप्रामा जंगल तिर बस्न मन पराउद्थिए I तर बरुणहरु असुर प्रदेशबाट चारै तिर छरिएर बिस्तारै बिलाउने अवस्थामा पुगेका थिए Iपणीहरुले ब्याकरणको पाणीनीय  ब्याकरण बनाएका थिए I यो नै ब्याकरणको  पहिलो र पुरानो पुस्तक मानिन्छ I  पणीहरु यसरि घुम्दा घुम्दै भारत हुदै नेपालमा प्रवेश गरेका थिए I

हालका नेवार (नेवा:)हरु सबै नहोलान किनकी नेवार संकृतिमा धेरै थरिका मानिसहरु प्रवेश गरि नेवारी  संकृति, ब्याकरण, भाषा अपनाई बसेका छन् I  सिन्ध सभ्यता देखि एक बर्गले व्यापार विनिमय गर्दै आफ्नो दैनिकी गुजारा गर्ने जनपद पणी   थिए I  यी पणी असुरहरु  समुह बनाई  गुजमुज्ज  भएर  बस्ने हुदा त्यस स्थानमा स्वाभाविक रुपले मानिसहरुको भीड  लाग्ने , घुइचो बडने  र सहरको रुप लिने गर्दथियो I

यिनीहरु  नेपाल मात्र पसेनन भारत, चीन  लगाएत  अन्य मुलुकमा पनि पसेको बताइन्छ I  मिस्रेली ग्रन्थ  र बाइबल मा  यिनीहरुलाई फोनिसिया भनि उल्लेख गरिएको छ I  यी पणी नेवाहरु  बिभिन्न देश, काल र परिस्थितिमा रुमलिदै विभिन्न रंग रुपमा देखा पर्नु स्वाभाविक हो I  यसरि नै नेपाका नेवाहरु  ले आफ्नै पृथक खालको रहन सहन, कला र सस्कृति विकास गर्दै लागे I

प्रस्तुत लेख सान्धर्भिक प्रकाशित रचनाहरुमा आधारित रहि तयार परिएको हो I यस सम्बन्धमा खोज जारी छ I घटदो नेवारहरु को जनसंख्या, भाषा, संस्कृति, भेषभुषा, चालचलनमा समाजको प्रभाव पर्दै गएको भएता  पनि राजनैतिक सोचले उल्लेखनीय प्रभाव पार्ने देखिएकोमा नेवारहरु आफै सजक हुनु पर्नेमा यसमा प्रयास जरुरि छ I नेवा: जहाँ गए पनि नेवा नै हो तापनि देश भेष संस्कृति नभए आफ्नो अस्थित्व कहाँ रहन्छ र I त्यसैले यस बिषयमा चर्चा हुनु लाभप्रद हुनेछ I


 

शुक्रबार​ २६ जेठ २०८० ०१:३४ PM मा प्रकाशित

प्रतिक्रिया