काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ । घरेलु मैदानमा शनिबार राति रियलले भिल्ला रियलसँग ३-२ गोल अन्तरको हार व्यहोरेको हो ।
खेलको १६ औं मिनेटमा पाउ टोरेसले आत्मघाती गोल गरेपछि रियलले सुरुआती अग्रता बनाएको थियो । ३९ औं मिनेटमा सामुएल चुक्वेजेले गोल गर्दै भिल्लालाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४८ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । ७० औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै भिल्लालाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८० औं मिनेटमा सामुएलले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लालाई ३-२ को जित दिलाए । यस हारसँगै रियलले बार्सिलोनासँग अंक दुरी कम गर्ने मौका गुमाएको छ । दोस्रो स्थानको रियलले २८ खेलमा ५९ अंक जोडेको छ । भिल्ला ४७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । एजेन्सी
प्रतिक्रिया