भारतीय अभिनेता शाहरुख खान विश्वकै प्रभावशाली व्यक्तिको शीर्ष स्थानमा

    images

    काठमाडौं । भारतीय अभिनेता शाहरुख खान विश्वकै प्रभावशाली व्यक्तिको शीर्ष स्थानमा परेका छन् । टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तित्वको सर्वेक्षणमा शाहरुखले चर्चित अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई उछिन्दै शीर्ष स्थानमा परेका हुन् ।

    यस सर्वेक्षणमा उनले फुटबलर लियोनल मेस्सी, एलन मस्क, बेलायतका राजकुमार ह्यारी र राजकुमारी मेघन मार्कल, ओस्कार विजेता मिशेल योह, मेटाका सीईओ मार्क जुकरबर्ग जस्ता व्यक्तित्वलाई पराजित गरेका छन् ।

    टाइम म्यागजिनले शाहरुखलाई भारतका लोकप्रिय सुपरस्टार भएको बताउँदै उनलाई नाइट राइडर्स ग्रुपजस्ता क्लबको सहसंस्थापकको रुपमा चिनाएको छ । ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ र ‘कुछ कुछ होता है’ जस्ता फिल्मबाट शाहरुखको छवि सुपरस्टारको रुपमा स्थापित भएको टाइमले जनाएको छ ।

    शाहरुख खानको हालै आएको फिल्म ‘पठान’ निकै हिट साबित भयो । फिल्मले अहिलेसम्म १ हजार करोडभन्दा बढी कमाइ गरिसकेको छ । एजेन्सी

    आइतबार​ २६ चैत २०७९ १०:३३ AM मा प्रकाशित

    प्रतिक्रिया