काठमाडों । काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबारदेखि उठाउन छोडेको छ । महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह(बालेन)ले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए ।
त्यही घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो । मेयर साहले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । महानगरपालिकोको ११ नं. वडामा पर्ने सिंहदरबारमा यसअघि ११ नं. वडाले फोहोर व्यवस्थापन गर्दै आएको थियो ।
११ नं. वडाध्यक्ष हीरालाल तण्डुकारले आइतबारदेखि सिंहदरबारभित्रको फोहोर संकलन गर्न बन्द गरिएको जानकारी दिए । यसैबीच फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले काठमाडौंका मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको सञ्चारकर्मीहरूलाई बताए ।
प्रतिक्रिया