×

ट्युनिसियामा डुंगा डुब्दा कम्तीमा २० जना आप्रवासी बेपत्ता

images

काठमाडौं । ट्युनिसियाको दक्षिणपूर्वी तटमा डुंगा डुब्दा कम्तीमा २० जना आप्रवासी बेपत्ता भएका छन् ।

कम्तीमा ३७ आप्रवासी बोकेको उक्त डुंगा ट्युनिसियाका स्फ्याक्सको तटबाट युरोपतर्फ प्रस्थान गर्ने क्रममा दक्षिणपुर्वी तटमा दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

१७ जना आप्रवासीको उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । मध्य भू(मध्य सागरमा अवस्थित ट्युनिसिया अवैध आप्रवासीको लागि युरोप जाने मुख्य प्रस्थान बिन्दुमध्ये एक रहेको र सोही मार्ग भई वर्षेनी हजारौं आप्राबासी अवैध रुपमा युरोप प्रवेश गर्ने गरेका छन् ।

ट्युनिसियाली सरकारले गत वर्ष सोही समुद्री मार्ग भई युरोप प्रवेश गर्न लागेको १४ हजार आप्रवासीलाई फर्काएको बुझिएको छ । एजेन्सी

आइतबार​ २६ चैत २०७९ १०:२६ AM मा प्रकाशित

प्रतिक्रिया