×

आगलागी हुँदा ६० लाखको विभिन्न धनमाल जलेर नष्ट

images


काठमाडौं । फर्निचरमा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा बजार बस्ने महेश

शर्माको फर्निचरमा आगलागी हुँदा फर्निचर पूर्णरुपमा जलेर करिब ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो  ।

त्यस्तै  सिन्धुली को  दुधौली नगरपालिका–५ राजाबास बस्ने ३३ वर्षीय प्रकाश काफ्लेको घरमा गएराति आगलागी हुँदा घर र घरमा रहेको सुनचाँदीका गहना, नगद,

लत्ताकपडा लगायतका सामान गरी ४५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
 

बिहीबार २५ फागुन २०७९ ०४:१७ PM मा प्रकाशित

प्रतिक्रिया