सुदूरपश्चिममा कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त

    images

    धनगढी । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ३० दिनमै ढलेको छ ।

    गत पुष २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, विश्वासको मत दिने बेलामा नागरिक उन्मुक्तिका सांसद अनुपस्थित् भएपछि रावल नेतृत्वको सरकार ३० दिनमै ढलेको हो ।

    संविधानको धारा १६८ (२) अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशको ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । सुदुरपश्चिममा १९ सीट रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।

    बिहीबार २६ माघ २०७९ ०९:०३ PM मा प्रकाशित

    प्रतिक्रिया