×

मलेसियामा बन्धक बनाइएका १३ जना नेपालीको उद्धार, ६ जना भोलि नेपाल फर्किने

images

काठमाडौं । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकहरु स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उद्धार गरिएका १३ मध्ये ६ जना भोलि स्वदेश फर्किने भएका छन् ।श्रमिकलाई बन्धक बनाएको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूको उद्धार गर्न सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए।

उक्त निर्देशनपछि परराष्ट्र मन्त्रालय मार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो। राजदूतावासले उनीहरूको उद्धार गरेको हो। 

मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार, हाल उक्त कम्पनीमा काम गर्न गएका १३ जना सबै श्रमिकहरूलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ ।

दूतावासको पहलमा उनीहरूमध्ये ६ जना भोलि १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका छन् । यसैगरी मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरूको समस्या हल गर्न समेत पहल भइरहेको छ ।

सोमबार २५ पुस २०७९ १२:५९ PM मा प्रकाशित

प्रतिक्रिया