काठमाडौं– पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टिम डिआलएस उपविजेता बनेकाे छ। इन्डोनेसियाको जकार्तामा भएको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाली टोली दोस्रो हुन सफल भएको हो। नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर जितेको छ।
इन्डोनेसियामा भएको गेममा नेपाली टिम टर्कीको एसटूजीसँग पराजित भएकाे हाे । नेपाली टिम डीआरएसले २ लाख २० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेकाे छ । यस्तै, अर्को नेपाली टिम टीटुकेले १३औं स्थान प्राप्त गर्दै १ लाख ३२ हजार ५०० अमेरिकी डलर जितेको छ।
जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजित ३ दिने फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा चीनका ३, ब्राजिलका ३, नेपालका २, टर्कीका २, मंगोलियाका २, थाईल्यान्डका २ र मलेसिया तथा इन्डोनेसियाका १–१ टोली सहभागि थिए।
प्रतिक्रिया