×

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन जसपाको निर्णय

images

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

सोमबार बसेको संसदीय दलको बैठकले ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । पार्टीले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णयसमेत गरेको छ ।

संसदमा जसपाका १२ जना सांसद छन्। 

सोमबार २५ पुस २०७९ ०९:०२ PM मा प्रकाशित

प्रतिक्रिया