×

रास्वपाको समानुपातिक सांसद छनौटमा असन्तुष्टि बढ्दै, कार्यकर्ताद्वारा पार्टी कार्यालयमा धर्ना

images

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समानुपातिक सांसद चयनका लागि कार्यकर्ताले खबरदारी गरेका छन् । समानुपातिक चयनमा चलखेल भएको भन्दै बिहीबार कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिएर खबरदारी गरेका हुन् । समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि जनाएका हुन ।

उनीहरुले बिहीबार पार्टी कार्यालयमा धर्ना समेत दिएका छन् । धर्नामा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका अध्यक्ष लालविक्रम थापाले ‘प्राइमरी इलेक्सन’ बाट समानुपातिक पद्धतिका उम्मेदवारको बन्दसूची तय गरिएकाले त्यसै अनुसार सांसदहरु चयन हुनुपर्ने बताए ।

‘हामीले ‘डिजिटल डेमोक्रेसी’ भनेर जसरी आकाश थर्किने गरी बोलेका थियौं,’ उनले भने, ‘त्यही अनुसार हुनुप¥यो भन्दै ध्यानाकर्षण गराएका हौं । बिग्रियो भने त बिग्रियो त, तीन करोड नेपालीको पार्टी हो यो । रोग लाग्नुभन्दा अगाडि नै हामीले हरेक चिजको उपचार गर्नुपर्छ ।’

यस्ता निर्णयले आम पार्टी सदस्य शुभ चिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको हुदा थिति बसाल्न पार्टी बिग्रेला भन्ने डरले चिन्तित भएको थापाको भनाइ छ ।

बिहीबार २२ मंसिर २०७९ ०२:३४ PM मा प्रकाशित

प्रतिक्रिया