×

संस्कृति क्वाटरफाइनलमा

images

काठमाडौं। संस्कृति आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्युचाटारस्थित आयोजक रेडिअन्टको कोर्टमा संस्कृतिले न्यु भिजनलाई १३–६ ले पराजित ग¥यो ।

संस्कृतिकी प्रत्युशा तुलाचनले ४ अंक जोडिन् । डिफेन्डिङ च्याम्पियन निम्सले विल्सन एकेडेमीलाई २१–७ तथा रिब्सले ग्रिनफिल्डलाई ६–५ ले हराए । निम्सकी पिना लिम्बूले १३ तथा रिब्सकी नौसिका लिम्बूले ४ स्कोर गरे । सिनियर ब्वाइजमा विस्डमले माउन्ट ग्लोरीलाई २०–१६, पुष्पसदनले पिपुल्स एकेडेमीलाई ४३–३०, साविक विजेता निम्सले नवीन ज्योतिलाई ५१–६ तथा ओसिसले विल्सनलाई ४७–२८ ले पन्छाए ।

विस्डमका अजित बस्नेतले ८, पुष्पसदनका शिरीष शाक्यले २०, निम्सका आयुश खड्काले १२ तथा ओसिस सुरेश रोकाले २८ अंक जोडे ।
जुनियर ब्वाइजमा श्रृजना ज्ञान सागरले ओसिसलाई ४–१ तथा ग्रिनफिल्डले लोक आदर्शलाई २०–८ ले पाखा लगाए । श्रृजनाका मिसन गोलेले २ तथा ग्रिनफिल्डका पुजन उप्रेतीले १० स्कोर गरे ।


 

मङ्गलबार २२ कात्तिक २०७९ ०९:२६ PM मा प्रकाशित

प्रतिक्रिया