×

रियलको हारले बार्सिलोनालाई आश

images

म्याड्रिड । स्पेनी ला लिगामा सोमबार त्यस्तो नतिजा आएको छ, जसले लिग उपाधि रोमाञ्चक बनाएको छ । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड आफ्नो छिमेकी क्लब रायो भालेकानोसँग ३–२ ले पराजित रह्यो । यो सिजन लिगमा रियलको यो पहिलो हार हो । युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र’ निस्के लगतै रियल पराजित रहेको हो ।

त्यस ‘ड्र’ मा रियलले लिभरपुल प्रतिद्वन्द्वी पाएको छ । अहिलेको हारपछि रियल लिग तालिकाको शीर्ष स्थान उक्लिन पनि असफल रह्यो । बार्सिलोना ३४ अंकमा शीर्ष स्थानमा छ । रियल दुई अंकको दूरीमा दोस्रो स्थानमा कायम रह्यो । खेलमा एक समय २–१ ले अगाडि रहेर पनि रियल पराजित भएको हो ।

विजयी टिमका लागि भने सान्टी कोमेसाना, अल्भारो गार्सिया र ओस्कर ट्ेरजोले गोल गरेका हुन् । ट्ेरजोले ६७ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका हुन् । रियलका लागि लुका मोडरिच र एडेर मिलिटोले गोल गरे । बार्सिलोनाले अब च्याम्पियन्स लिगबाट बाहिरिसकेको स्थितिमा आफ्नो पूरा ध्यान ला लिगामा केन्द्रित गर्न सक्छ । 

मङ्गलबार २२ कात्तिक २०७९ ०९:२७ AM मा प्रकाशित

प्रतिक्रिया