×

नेपाललाई ४ स्वर्ण

images

नेपालले इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा ४ स्वर्ण जितेको छ । नेपालले थप ६ रजत र १ कांस्य पनि जित्यो ।
भारतको पन्जाबमा भएको प्रतियोगितामा ६ खेलाडी सहभागी भएकोमा सबै पदक जित्न सफल भएको तार्केश्वर उमा कुङफु स्कुलका प्रमुख प्रशिक्षक समेत रहेका नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जनले जनाएका छन् । पदक विजेता सबै खेलाडी तार्केश्वर उमा कुङफु स्कुलका हुन् ।
साइना महर्जन, सिम्रिका कुँवर र आर्यन रावलले कातामा स्वर्ण र किक बक्सिङमा रजत तथा दर्शना तामाङले किक बक्सिङमा स्वर्ण र कातामा रजत जिते । प्रशंसा मोक्तानले काता र किक बक्सिङमा गरी २ रजत जितिन् भने राजन तामाङले किक बक्सिङमा कांस्य प्राप्त गरे ।
 

मङ्गलबार २२ कात्तिक २०७९ ०९:५० PM मा प्रकाशित

प्रतिक्रिया