दाङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।
गोरखा जिल्ला आरुघाट घर भइ अहिले दाङमा बसेर मिस्त्री काम गर्दै आएका २७ वर्षीय कृष्णबहादुर विकको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
दङ्गीशरणको गाउँपालिकाको बागरमा बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा इलेक्ट्रोनिक मार्बल चिल्लो बनाउने क्रममा विकलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुल उपचारको क्रममा गएराति ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रतिक्रिया