प्रतिनिधिसभामा एमालेको पुनः अवरोध

    images

    प्रमुख प्रतिपक्षी नेकपा(एमाले)ले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकारको प्रतिबद्धता नआएको भन्दै प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध गरेको छ । 

    उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनतस्करीका सम्बन्धमा सदनमा दिनुभएको जवाफप्रति असन्तुष्टि जनाउँदै एमालले आज पनि बैठक अवरुद्ध गरेको हो । 

    गृहमन्त्रीको जवाफलगत्तै एमाले सचेतक महेशकुमार बर्तौलाले आफूहरुको मागअनुसार सरकार उच्चस्तरीय छानबिन समिति गठन गर्न तयार नभएसम्म बैठक चल्न नसक्ने बताउनुभयो । एमालेको अवरोधपछि प्रतिनिधिसभाको अर्को बैठक यही साउन २४ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

    मङ्गलबार २३ साउन २०८० ०९:२३ PM मा प्रकाशित

    प्रतिक्रिया