मधेस र बागमतीमा भारी वर्षा, जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

    images

    काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भूभागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ। 

    बर्दियाको बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ । साथै वर्षाले राप्ती नदीको दाङ र बाँके क्षेत्रमा जलसतह बढेको छ ।

    त्यसैले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली  रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका एक दुई स्थानमा  चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेस र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राती कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा  चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

    मङ्गलबार २३ साउन २०८० ०६:४० AM मा प्रकाशित

    प्रतिक्रिया