गायिका इन्दिरा जोशीलाई गीत चोरीको आरोप

    images

    गायिका इन्दिरा जोशीलाई गीत चोरीको आरोप लागेको छ । उनले केही दिन अगाडि सार्वजनिक गरेको ‘पछ्यौर’ बोलको गीत अंग्रेजी गीतसँग मिल्न गएपछि चोरीको आरोप लागेको हो । 

    ‘पछ्यौर’ गीत उनले १२ वर्षपछि आफ्नै शब्द, संगीत र स्वरमा ल्याएकी हुन् । उनको यो गीतको संगीत अमेरिकी गायक जेसन डेरुलोले ल्याएको गीत ‘टक डर्टी’ को संगीतसँग हुबहु मिलेको छ । गायक जेसनले ‘टक डर्टी’ गीत सन् २०१३ मा सार्वजनिक गरेका हुन् ।   

    इन्दिराको गीतमा प्रयोग भएका सुर तथा धुनसमेत टक डर्टीकै रहेको छ ।
     

      शुक्रबार​ २४ असार २०७९ ०६:४० PM मा प्रकाशित

      प्रतिक्रिया