×

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार

images

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ।

रोयटर्सका अनुसार पूर्वप्रधानमन्त्री अबेको छातिमा गोली प्रहार भएको उल्लेख गरेको छ। पूर्व प्रधानमन्त्री आबे पश्चिमी जापानको नारा सहरमा भाषण दिने क्रममा ढलेपछि अस्पताल लगिएको छ ।  उनको शरीरबाट रगत बगिरहेको थियो ।

आबे ढल्नुअघि बन्दुक पड्केको जस्तो आवाज सुनिएको र एक संदिग्ध पुरुषलाई पक्राउ गरेको एनएचकेले जनाएको छ । आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ। सो चुनावी अभियानका दौरान उनी भाषण गरिरहेका थिए।

आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री रहेका थिए।  घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

शुक्रबार​ २४ असार २०७९ ०९:३८ AM मा प्रकाशित

प्रतिक्रिया