×

राष्ट्रपतिबाट तीन देशका लागि राजदूत नियुक्त

images

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले ओमन, साउदी अरेबिया र श्रीलङ्काका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको हो । उहाँले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलङ्काका लागि आज राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । 

नेपालको संविधानबमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरिएको हो ।

शुक्रबार​ २४ असार २०७९ ०४:०६ PM मा प्रकाशित

प्रतिक्रिया