×

महामुद्राका ज्ञाता नवौ महाउपाध्याय ठ्राङु रिपोछेज्यु को परिनिर्बान

images

काठमाडौं। नवौ ठ्राङु रिपोछे भोटको खाममा भन्ने स्थानमा  सन १९३३ नोवेम्बर 27 जन्मनु भई गत आइतबार परिनिर्वान भएको थियो । 

काभ्रेको नमोवुद्धस्थित वुद्ध ध्यान तथा शैक्षिक केन्द्रका प्रमुख तथा ठाङ्गु टासी छ्योलिङ गुम्बाका प्रमुख लामा गुरु योङ्जेन खेन्छेन ठांगु रिम्पेछे

कग्यु संप्रदायका मुल गुरु ठांगु रिम्पोछेको ९१ वर्षको उमेरमा परिनिर्वान भएको सो गुम्बाले बिहीबार विज्ञप्ति जारी गरी पुष्टि गरेको हो।वहाँ महामुद्राका ज्ञाताको रुपमा ख्याति प्राप्त गुरुवर हुनुहुन्थ्यो । 

भोट पात्रो अनुसार चौथो महिनाको पूर्णिमाका दिन (गत आइतबार)परिनिर्वान भएपनि धार्मिक मान्यता अनुसार केही दिन सूचना सार्वजनिक नगरिएको विज्ञप्तिमा भनिएको छ।

लामा गुरु योङ्जेन खेन्छेन ठाङ्गु रिम्पेछेको पहलमा तिब्बत, नेपालको नमोवुद्ध, बौद्ध, क्यानडा, भक्तपुर, भारतको वाराणासी, नेपालको स्वयंभू, मनाङ लगायतका विभिन्न ठाउँमा ठांगु टासी छ्योलिङ गुम्बा निर्माण भएको छ। 

त्यस्तै गोरखाको चुम तथा नुब्री क्षेत्रका विभिन्न ठाउँमा पनि सोही नाममा गुम्बा तथा ध्यानकेन्द्र निर्माण भई सञ्चालनमा छन्।

उनले काठमाडौंका विभिन्न ठाउँमा हिमाली भेगका बालबालिकालाई छात्रवृत्तिमा पढाउनका लागि पैतिस बर्ष अगाडि बौद्दको तिन्चुलिमा मंगलद्विप  विद्यालय सञ्चालन गरी हजारौँ विद्यार्थीहरूलाई पढाइरहेका छन्।

बिहीबार २५ जेठ २०८० ०७:१४ PM मा प्रकाशित

प्रतिक्रिया