सिरक-डसना स्टोरमा भीषण आगलागी

    images

    काठमाडौं । काठमाडौं महानगरपालिका–६ चाबहिल, सरस्वतीनगरस्थित सिरक-डसना स्टोरमा भीषण आगलागी भएको छ।

    मंगलबार साँझ ८ बजे गोपीकृष्ण हलको पछाडि रहेको सिरक-डसना बनाउने ठाउँमा भीषण आगलागी भएको हो । आगलागिबाट वरिपरिका घरमा समेत क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    आगलागी नियन्त्रणका लागि चार वटा दमकल पुगेको र आगो नियन्त्रण लिने काम भइरहेको बताइएको छ । आगलागी कसरी भयो भन्नेबारे खुलेको छैन ।

    मङ्गलबार २४ फागुन २०७८ १०:११ PM मा प्रकाशित

    प्रतिक्रिया