×

स्थानीयमाथि पेस्तोल ताक्ने इन्पेक्टरमाथि छानबिन सुरू

images

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा आन्दोलनमा उत्रिएका स्थानीय वासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षक बुढाथोकीमाथि छानबिन सुरू गरेको प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

गत बुधबार पुस २० गते शंकरापुर नगरपालिका-३ लप्सीफेदी बोझेनीमा स्थानीयले विरोध प्रदर्शन गरेका थिए। नेपाल विद्युत प्राधिकरणले त्यहाँ सबस्टेशन निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध जनाएका थिए। त्‍यसक्रममा बौद्धबाट थप मद्दतको लागि इन्सपेक्टर बुढाथोकीको कमान्डमा टोली खटिएको थियो। उनले भीड नियन्त्रण गर्न स्थानीयमाथि पेस्तोल ताकेर हान्दिने धम्की समेत दिएका थिए। 

उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल समेत बनेको थियो।  शंखरापुर नगरपालिका-३ बोझनीमा विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा स्थानीय वासिन्दाले केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् ।  प्रहरी निरीक्षक बुढाथोकीले गैर व्यवसायिक अभ्यास गरेकाले छानबिनका लागि समिति बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी मैनालीले जानकारी दिए ।
 

आइतबार​ २४ पुस २०७९ ०४:२८ PM मा प्रकाशित

प्रतिक्रिया