×

पेट्रोलियम पदार्थको मूल्य घट्यो

images

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।

नेपाल आयल निगम व्यवस्थापनको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।

आइतबार​ २४ पुस २०७९ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया