×

प्रधानन्यायाधीश राणालाई छेक्न सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीहरुको धर्ना

images

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन् । राणालाई प्रवेश नदिने नेपाल बार एशोसिएशनको निर्णयसँगै वकिलहरू अवरोधका लागि गेटमा पुगेका हुन् ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत पनि धर्नामा छन् ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले बुधबार मात्र जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । लगतै जबराले सर्वोच्च फर्किने तयारी गरेका छन् । संसद सचिवालयले प्रस्ताव ‘ट्रान्सफर’ हुने व्यवस्था नरहेको जनाएको छ । अघिल्लो प्रतिनिधिसभामा दर्ता भएको प्रस्ताव अर्को प्रतिनिधिसभा ‘ट्रान्सफर’ हुने व्यवस्था नरहेको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । जसकारण जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको उनको भनाइ छ ।  

 

बुधबार २१ मंसिर २०७९ ०२:०६ PM मा प्रकाशित

प्रतिक्रिया