×

टोटनहममाथि लिभरपुलको उत्साह बढाउने जित

images

लन्डन । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आइतबार त्यस्तो जित निकालेको छ, जसले उसलाई शीर्ष चारका लागि गम्भीर भएर प्रयास गर्न प्रेरित गर्नेछ । लिभरपुलले टोटनहमलाई उसकै घरमा २–१ ले हराएको हो र यो उसको सिजनकै त्यस्तो पहिलो जित रह्यो, जसलाई प्राविधिक भाषामा ‘अवे’ खेल भनिन्छ ।

लिभरपुलको यस उत्साह बढाउने जितमा मोहमद सलाहले दुई गोल गरे । ह्यारी केनले टोटनहमका लागि एक गोल फर्काए । यो जितपछि लिभरपुलको १९ अंक भएको छ र आठौं स्थानमा उक्लेको छ । टोटनहम भने २६ अंकमा चौथो स्थानमा रह्यो । आइतबारको खेलमा यस्तै मीठा जित निकाल्ने टिम रह्यो, एस्टन भिल्ला ।

भिल्लाले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हरायो । भिल्लाले स्टेफन जेरार्डलाई वर्खास्त गरेयता क्लबमा आएका नयाँ व्यवस्थापक उनई एमरीको नेतृत्वमा खेलेको थियो । अन्य खेलमा भने न्युकासल युनाइटेडले साउथह्याम्पटनलाई ४–१ तथा क्रिस्टल प्यालेसले वेस्ट ह्यामलाई २–१ ले हरायो । यस्तै शीर्ष स्थानको आर्सनलले चेल्सीलाई १–० ले पन्छाएको थियो । 

सोमबार २१ कात्तिक २०७९ ०८:०६ AM मा प्रकाशित

प्रतिक्रिया