कलाकारहरुसँग निर्वाचन आयोगको चुनावी अन्तरक्रिया (तस्बिरहरु)

    images

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले कलाकारसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार आयोगको कार्यालयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा महानायक राजेश हमालसहित दर्जनौं कलाकार सहभागी भएका छन् ।

    चुनावी अन्तरक्रियामा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई सफल तुल्याउन कलाकारको साथको अपेक्षा राखे ।थपलियाले भने, ‘तपाईंहरुबाट यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, उल्लासमय र सहभागितामूलक ढंगले सम्पन्न गर्न आयोगले सम्पूर्ण सहयोग प्राप्त गर्नेछ भन्ने मैले विश्वास गरेको छु ।’ कलाकारले साथ दिएमा साँच्चिकै निर्वाचनको माहौल बन्ने भन्दै थपलियाले निर्वाचनले सिर्जना गर्ने आपसी द्वन्द्व, मनमुटाव, द्वेष, इर्ष्या आदिलाई निस्तेज पारेर शान्ति, मित्रता र सहअस्तित्वतर्फ उन्मुख गराउन सिर्जनात्मक शक्ति कलाकारसँग हुने बताए ।

    आयोगको अन्तरक्रियामा हरिहर शर्मा, कृष्ण मल्ल, सन्तोष पन्त, राजेश हमाल, मनोज गजुरेल, दीपाश्री निरौला, आनी छोइङ डोल्मा, रमेश बुढाथोकी, राजेन्द्र शलभ, शैलेन्द्र सिंखडा, दिनेश डीसी, सत्यराज आचार्य, जितु नेपाल, प्रकाश सपुत, मिलन नेवार, रिनेशा राई, सुनिता दुलाल, दीपक आचार्य काकु लगायतको सहभागिता थियो । प्रमुख निर्वाचन आयुक्तले कलाकारलाई आ–आफ्नो तर्फबाट निर्वाचनबारे मतदाता शिक्षा, चुनावको महत्व लगायतबारे प्रकाश पारेका थिए ।

    कलाकारबाट मुख्यतः सातवटा अपेक्षा राखेको आयोगले बतायो । चुनावी माहोल बनाउने, सामाजिक सञ्जालमार्फत आयोगका सन्देश पुर्‍याउन मद्दत गर्ने, मतदाता शिक्षाका सन्देश प्रवाह गर्ने, निर्वाचन सम्बन्धी झुटा र गलत समाचारप्रति सजग रहन, आचारसंहिताको पूर्ण पालना गर्न मद्दत गर्न आयोगको आग्रह थियो ।

    अन्तरक्रियामा अभिनेता सन्तोष पन्तले अहिले चर्चामा रहेको ‘नो नट अगेन’बारे प्रश्न राखे । जवाफमा थपलियाले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र निर्वाचनको चरित्रहत्या गर्न नपाइने बताए ।

     

     

    facebook sharing button

    twitter sharing button

    messenger sharing button

    whatsapp sharing button

    email sharing button

    मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले कलाकारहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी कलाकारहरू

    सोमबार २१ कात्तिक २०७९ ०८:४६ PM मा प्रकाशित

    प्रतिक्रिया